साउथ फिल्मका स्टार कमल हासन र सारिकाकी छोरी हुन् चर्चित अभिनेत्री श्रुति हासन। उनको मातापिताको विवाह बन्धनमा बाँधिएको १६ वर्षपछि डिभोर्स भएको थियो। त्यसबेला उनी टिनएज उमेरमा थिइन् भने उनकी बहिनी अक्षरा सानै थिइन्।
एक अन्तर्वार्तामा उनले मातापिताको डिभोर्सको समयमा आफू दुखी नभइ खुसी भएको खुलासा गरेकी थिइन्। उनले भनेकी छन्, ‘म त्यो समयमा उहाँहरुको नयाँ जिन्दगीलाई लिएर उत्साहित थिए। उहाँहरु अलग हुनुभएकोमा म खुसी थिएँ। किनकि, जब दुई व्यक्ति एकसाथ बस्न सक्दैनन् भने कुनै कारण उनीहरुलाई साथमा राख्न सकिँदैन। उहाँहरु एकदमै राम्रो माता-पिता हुनुहुन्छ।’
उनले आफू पितासँग निकै नजिक रहेको र आमा आफ्नो जिन्दगीको हिस्सा रहेको बताएकी थिइन्। उनी अगाडि भन्छिन्, ‘उहाँहरु एकदमै राम्रो व्यक्ति हुनुहुन्छ। तर, उहाँहरु एकसाथ हुँदा खुसी हुनुहुन्न थियो। उहाँहरु अलग हुँदा म सानै थिएँ। तर, यो निकै सहज थियो र हामी सबै खुसी थियौं।’ अहिले उनी साउथ फिल्मकी लिडिङ स्टार बनिसकेकी छन्। उनको अभिनय रहेको कयौ फिल्म सुपरहिट रहेको छ।