भोट चाहिन्छ ? खोप खोइ ?

विश्वव्यापी कोभिडको असर नेपालमा पनि परेको छ। संक्रमण फैलिन नदिन सरकारले निषेधाज्ञा जारी गरेपछि नागरिक घरघरमै छन्। यसै बेला सरकारले निर्वाचनको मिति पनि तोकेको छ। नागरिक उपचार र खोपको अपेक्षामा छन्। उनीहरू खोप पाए मात्र भोट दिने बताइरहेका छन्। परेको बेला नागरिकलाई सही उपचारसँगै खोपको व्यवस्था गर्नेलाई भोट दिने भनाइले सरकारले आफूलाई खोपमा केन्द्रित गर्नुपर्ने देखिएको छ। सातवटै प्रदेशका नागरिकको आवाज आजको जनमतमा।

खोप नपाए भोट दिँदैनौं
केवल मादेन
फुङलिङ–१, ताप्लेजुङ (समाजसेवी)

ताप्लेजुङ जस्तो हिमाली जिल्लामा समेत कोरोना संक्रमण गाउँगाउँमा पुगेको छ। यसले भयावह स्थिति ल्याउने देखिन्छ। सरकारले भने ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तो संसद् विघटन गरी चुनावको घोषणा गरिसकेको छ। यो चुनाव गर्नेभन्दा पनि मुलुकलाई अस्थिरता र गृहयुद्धमा धकेल्ने खेल हो। चुनाव गर्ने भए केही समय पछि सारेर त्यसअघि सबै नागरिकलाई खोप दिनुपर्छ। खोप नलगाइकन हामी भोट दिन जाँदैनौ। त्यसैले सरकार र विपक्षी दलहरू मिलेर कोरोनालाई परास्त गर्नका लागि दुर्गम ठाउँहरूमा पनि स्वास्थ्यको पहुँच स्थापना गर्नु नै अहिलेको आवश्यकता हो।

प्रकाशित मिति: : 2021-05-27 09:03:00

प्रतिकृया दिनुहोस्