कोरोनाका कारण धेरै शव आउँदा आर्यघाटमा बढ्यो दाउराको व्यापार, १ करोडको काठ थप !

लोकान्तर

गगन अर्याल

रोना भाइरस संक्रमणको महामारीले पशुपति आर्यघाटमा जलाउने शवको संख्या बढेसँगै १० दिनमा २ लाख ९९ हजार किलोग्राम दाउरा खपत भएको छ।

नेपाल वन निगम लिमिटेड (टिम्बर कर्पोरेसन) आर्यघाट डिपोका प्रमुख द्रोणप्रसाद पोखरेलका अनुसार जेठ २ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस संक्रमण भएका शवलाई जनाउनका लागि २ लाख ९ हजार र नियमित शव चलाउने ठाउँमा ९० हजार किलोग्राम दाउरा खपत भएको बताए।

‘अहिले कोरोना भाइरसले मृत्यु भएर आउन थालेपछि कोरोना संक्रमणतर्फ धेरै दाउरा खपत हुन थालेको हो,’ प्रमुख पोखरेलले भने, ‘दैनिक २०० हाराहारीमा शव आउन थालेपछि २४ घण्टै दाउरा खपत हुन्छ।’

कोरोनाको मृत्यु भएका शव जलाउनका लागि २ गते देखि १० गतेसम्म क्रमशः ३० हजार, १५ हजार, २९ हजार, १४ हजार, २४ हजार, २० हजार, २४ हजार, १८ हजार, १५ हजार र २० हजार किलोग्राम दाउरा खपत भएको छ भने नियमित शवदाहतर्फ दैनिक ९ हजार किलोग्रामका दरले दाउरा खपत भएको प्रमुख पोखरेलले बताए। 

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरमा दैनिक ७–८ हजारको हाराहारीमा नयाँ संक्रमित देखिएका छन् भने दैनिक औसत २०० जनाको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। 

प्रकाशित मिति: : 2021-05-27 18:28:00

प्रतिकृया दिनुहोस्