सलको पासो लगाई टिकटक बनाउने क्रममा बालिकाको मृत्यु 

फाइल तस्वीर
फाइल तस्वीर

उदयपुरमा टिकटक बनाउने क्रममा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–९ की ११ वर्षीया सञ्जीता बस्नेत रहेकी छन्।

बुधबार साँझ टिकटक बनाउन मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर पासो लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिवबहादुर दाहालका अनुसार उनले मोबाइल घरको धरिनमा राखेको अवस्थामा फेला परेको थियो।

उनको घाँटीमा सलको पासो बनाएर बाईबाई गरेको भिडियो देखिएको छ। आमा बुबा भान्सा कोठामा खाना खाइरहेको अवस्थामा अर्को कोठामा टिकटक बनाउने क्रममा छोरीको झुन्डिएर मृत्यु भएको थियो।

बालिका आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको एसपी दाहालले जानकारी दिए। सलको पासो बनाएर झुन्डिएको भिडियो फुटेज देखिएको बताउँदै एसपी दाहालले भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याबपछि मात्रै प्रष्ट हुने बताए।

भिडियो झुन्डिएकै दिनको हो कि अरू दिनको हो, अनुसन्धानपछि थाहा हुने एसपी दाहालको भनाइ छ।

प्रकाशित मिति: : 2021-05-28 14:36:00

प्रतिकृया दिनुहोस्