एकै दिन ९८४१ जना कोरोना संक्रमणमुक्त, ९६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणमुक्त भएका छन्।

यस अवधिमा ६ हजार ९५१ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

देशभरका प्रयोगशालामा १९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभरमा संक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार ३९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ। हालसम्म मृतकको सङ्ख्या ७ हजार ४७ पुगेको छ।

प्रकाशित मिति: : 2021-05-28 16:40:00

प्रतिकृया दिनुहोस्