माल्दिभ्समा कोरोनाबाट अहिलेसम्म १५१ को मृत्यु

File photo
File photo

कोरोनाभाइरसका कारण माल्दिभ्समा अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ।  

तीमध्ये तीन जनाको निधन पछिल्लो २४ घण्टामा भएको भन्दै सरकारी अधिकारीहरुले बिहीबार विवरण सार्वजनिक गरेका छन्।

स्वास्थ्य प्रबद्र्धन निकायलाई उदृत गर्दै सार्वजनिक गरिएको विवरण अनुसार कोरोनाका कारण यो महिना मात्रै ७४ जनाको मृत्यु भएको छ।
यसअघि सन् २०२० को मार्च र डिसेम्बरकोबीचमा ५१ जनाको मृत्यु भएको थियो।

महामारी नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको र महामारी नियन्त्रणलाई उच्च प्राथमिकता दिएको सरकारी अधिकारीहरुको दावी छ। 

माल्दिभ्समा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या एक हजार २९९ रहेको छ। देशभरी कूल ६० हजार ९४३ जनाको कोरोना परीक्षण गर्दा त्यति मानिसमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो। 

माल्दिभ्समा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या २५ हजार ४१९ रहेको अधिकारीहरुले जानकारी दिएका छन्। सक्रिय सङ्क्रमितमध्ये २७० जना मात्रै अस्पताल भर्ना भएका छन् भने अन्यले घरमै बसेर कोरोनाविरुद्ध संघर्ष गरिरहेका छन्। रासस 

प्रकाशित मिति: : 2021-05-28 20:39:00

प्रतिकृया दिनुहोस्