अफगानिस्तानमा २३ तालिवान लडाकू मारिए

Photo : Aljazeera.com
Photo : Aljazeera.com

अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन्। 

देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा भिडन्त भएको सैन्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

अफगानिस्ताको सेनाका प्रान्तीय प्रवक्ता मोहम्मद हनिफ रेजाइले बोडाना क्वाला भन्ने गाउँमा घटना भएको बताए। घटनामा परी २३ जनाको मृत्यु भएको र अरु ११ जना घाइते भएको पनि उनले जानकारी दिएका छन्।

उनका अनुसार सुरक्षाकर्मीहरुले घटनास्थलबाट लडाकूहरुले प्रयोग गर्ने मोटरसाइकल समेत बरामद गरेका छन्। 

अफगानिस्तानका धेरै ठाउँमा तालिवान लडाकूहरु लामो समयदेखि हिंसात्मक क्रियाकलापमा सक्रिय हुदै आएका छन्।

बिहीबारको घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी नलिएको पनि सरकारी अधिकारीहरुले जनाएका छन्।
 

प्रकाशित मिति: : 2021-05-29 05:44:00

प्रतिकृया दिनुहोस्