भुसालको स्पष्टीकरण: राजनीतिका लागि संसदीय मर्यादा उल्लंघन गरेँ

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका नेता घनश्याम भुसालले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले गरेको हस्ताक्षर संविधानको रक्षा र राजनीतिक स्थिरताको पक्षमा भएको बताएका छन्।

संसदीय मर्यादा उल्लंघन भए पनि संविधान र राजनीतिका लागि आफूले यस्तो विकल्प रोज्नु परेको भुसालको भनाइ छ।

केही दिनअघि बसेको एमाले स्थायी कमिटी बैठकले उनीसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि उनले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन्।

नेता भुसालले भनेका छन्, 'अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ। एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु। तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगें।'

'मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाको पक्षमा हो, जसका लागि लाखौं नेपालीको रगतपसिना बगेको छ’, उनले भनेका छन्।

प्रकाशित मिति: : 2021-05-29 14:17:00

प्रतिकृया दिनुहोस्