अभिनेत्री करिश्माद्वारा समस्यामा परेका प्राविधिकलाई राहत वितरण

Filmy khabar
Filmy khabar

अभिनेत्री करिश्मा मानन्धरले ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी छन्। 

बिहीवार आफ्नै उपस्थितिमा उनले चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय सहयोग गरेकी हुन्।

नेपाल चलचित्र प्राविधिक संघको सहकार्यमा प्राविधिकलाई राहत वितरण गर्दै उनले भनिन्, ‘कोरोना महामारीको समयमा हामी सबैले हातेमालो गर्न जरुरी छ। प्राविधिकहरु हाम्रा आफ्नै घरका सदस्यहरु हुन्। त्यसैले जति सक्छौँ, त्यति सहयोग गर्न आग्रह गर्छु।’ त्यसैगरी जीवन लुईटेल, राजबल्लभ कोइराला, गणेश प्रसाईं लगायतले प्राविधिकका लागि आर्थिक सहयोग गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-29 18:30:00

प्रतिकृया दिनुहोस्