सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को बजेटमा कैलालीमा निर्माणाधीन रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाका लागि रु दुई अर्ब ३५ करोड विनियोजन गरेको छ।
राष्ट्रिय गौरवको यो आयोजनाको नौ किलोमिटर मूल नहर निर्माण आगामी वर्षमा पूरा गरिने जनाइएको छ। उक्त आयोजनाकै लम्की विस्तारतर्फको कान्द्रा खोलासम्म १५किलोमिटर मूल नहर र पाँच किलोमिटर शाखा नहर निर्माण गरिने लक्ष्य लिइएको छ।
उक्त आयोजनाको आगामी तीन वर्षभित्र निर्माण पूरा गरिने लक्ष्य लिइएको र यसबाट २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ पुग्ने लक्ष्य रहेको अर्थमन्त्री विष्णप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा उल्लेख गरिएको छ।
सरकारको प्राथमिकताप्राप्त कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणका लागि रु एक अर्ब २५करोड बजेट विनियोजन गरिएको छ।