प्रतिनिधिसभा विघटनविरूद्ध अदालतमा परेका मुद्दाको आज पनि सुनुवाइ हुँदैछ।
(हिजाे) शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि फेरि आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो।
प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएकाेमा इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ।