एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल समूहमाथि थप कारवाही हुने

File Photo
File Photo

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बैठक आज बिहान १० बजेका लागि बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।  

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधवकुमार नेपाल समूहका सांसदमाथि थप कारवाही गर्ने संभावना रहेकाे एमालेका एक नेताले जानकारी दिए।

एमालेले घनश्याम भुसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवार, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोधेको थियो ।

यसअघिको स्थायी कमिटीको बैठकले माधव नेपाल, झलनाथ खनालसहित ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो।

निष्काशित हुनेहरुमा नेता नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरु रहेका छन्।

आइतबार बस्ने तय भए पनि स्थगित गरिएको बैठक सोमबार बिहान बस्न लागेको हो।

प्रकाशित मिति: : 2021-05-31 08:19:00

प्रतिकृया दिनुहोस्