'साइलीको सम्झना' मा रिवाज र सुशिक्षाको प्रेमिल जाेडी

रिवाज गौतम र सुशिक्षा पराजुली अभिनित ´साइलीको सम्झना` बोलको गीत सार्वजनिक भएको छ।

स्वर्गीय गोकर्ण प्रसाद ढुंङेलको शब्द र संकेत अगस्तीको संगीत एवम् पुरुषोत्तम न्यौपानेको एरेन्ज रहेको सो गीतमा श्रर्य अगस्तीको स्वर रहेको छ।

गाउँले परिवेशको कथा बस्तुमा तयार पारिएको यस गितको भिडियोमा रिवाज गौतम, सुशिक्षा पराजुली, श्रर्य अगस्ती, साक्षी अगस्ती, कंचन आचार्य  नेपाल, रिस्ता आचार्य, प्रदिप खडका, नरेश भुर्तेल, मन्सुन पाण्डे लगाएतको अभिनय देख्न सकिन्छ।

सुमन मगरको छायांकन,अनिल कुमार महर्जनको सम्पादन,सुनिता ढुंगेलको निर्माण एवम् संकेत अगस्तीको निर्देशन रहेको यस गीतलाई ऎनेक्स मिडिया नेपालले निर्माण समायोजन गरेको छ।

गीतको मुख्य भूमिकामा देखिएका रिवाज गौतम यसअघि विभिन्न म्युजिक भिडियोमा कोरियोग्राफी, सह-निर्देशनका साथै अभिनयमा देखिसकेका छन्।

गौतमले सार्वजनिक गीतको भिडियो लाई पनि सह-निर्देशन गरेका हुन्। गीतलाई ऎनेक्स मिडिया नेपालको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: : 2021-05-30 15:38:00

प्रतिकृया दिनुहोस्