अमेरिकाकाे फ्लोरिडामा अन्धाधुन्ध गाेली प्रहारः २ को मृत्यु, २० घाइते

JOE RAEDLE/GETTY IMAGES

अमेरिकामा अन्धाधुन्ध गाेली प्रहार गर्ने घटनाहरूको सिलसिला थामिने कुनै छनक देखिएकाे छैन।

फ्लोरिडा शहरकाे एक म्यूजिक कन्सर्टमा शनिबार मध्यराति अज्ञात व्यक्तिहरूको एक समूहले अन्धाधुन्ध गोली चलाउदा दुइ जनाकाे मृत्यु भएकाे छ। यस घटनामा हालसम्म कम्तीमा २० जना घाइते भएका छन्।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ। ती मध्ये केहीकाे अवस्था गम्भीर रहेको जनाइएको छ।

तीन जना युवाकाे अज्ञात समूहले म्यूजिक कन्सर्ट चलिरहेकाे स्थानमा अन्धाधुन्ध गाेली चलाएकाे मियामी प्रहरीले बताएकाे छ। मियामी गार्डेंस नजिकै बिलियर्ड्स हलमा कन्सर्ट चलिरहेको थियो।

आक्रमण गर्नेहरू फरार रहेको र उनीहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-05-31 10:17:00

प्रतिकृया दिनुहोस्