एनआरएनए मेरिल्याण्ड च्याप्टरमा पराजुली निर्वाचित

बिएल संवाददाता

मेरिल्याण्ड

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा राजु पराजुली निर्वाचित भएका छन्। यसअघि उनी उक्त च्याप्टरमा उपाध्यक्ष थिए।

यसै साता मेरिल्याण्डमा भएको निर्वाचनबाट पराजुलीसहित १४ सदस्यीय च्याप्टर चयन भएको छ। अध्यक्षमा भने पराजुलीले मेरिल्याण्डकै विष्णु बराललाई पछि पार्दै निर्वाचित भएका हुन्।

उपाध्यक्षमा प्रेम सुवेदीसहित सचिवमा ज्ञानेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला संयोजकमा सिर्जना बराल, युवा संयोजकमा सञ्जोक कार्की लगायत् निर्वाचित भएका छन्।

मेरिल्याण्डमा बस्दै अँएका पराजुली स्थापित व्यवसायी हुन्। निर्वाचित भएलगत्तै उनले प्रतिद्वन्द्विलाई समेत समेट्दै सबैलाई ऐक्यवद्ध बनाएर लैजाने प्रतिक्रिया दिएका छन्।

'मैंले नेपाल र नेपालीको हीतका लागि काम गर्ने छु', उनले भनेका छन्, 'मिलेर अघि बढ्दा त्यसको प्रतिफल राम्रो हुन्छ भन्ने हाम्रो बुझाई छ।'

पराजुलीसँग बाल्टिमोरस्थित् विभिन्न नेपाली संस्थामा रहेर काम गरेको अनुभव छ। उनले नेपालमा समेत संस्थागत् हिसाबले सहयोग गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-05-31 14:59:00

प्रतिकृया दिनुहोस्