पीडित किसानको साथमा स्थानीय सरकार

News Click
News Click

हिमलाल पराजुली 
गल्याङ नगरपालिका–११ जिमुहाँका किसान व्यावसायिक रुपमा मौसमी एवं बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्ने योजना अनुसार तरकारी खेतीमा लागेका छन्। 

तरकारी खेतीबाटै आफ्नो दैनिकी चलाउने योजनाका साथ यो पेशामा लागेका किसानलाई भने यतिबेला कोरोना संक्रमणका कारण लम्बिदै गएको निषेधाज्ञाले चिन्तित बनाएको छ। 

स्थानीय सरकार पनि किसानको पिडालाई सकेसम्म हल गर्ने अभियानमा लागेका छन्। संक्रमणका कारण अस्पतालमा श्रीमतीको मृत्यु भएपछि काजक्रियामा रहेका  किसान चन्द्रकान्त डुुम्रे आफूले दुःख गरी लगाएको तरकारी बारीमै कुहिएर जाने अवस्था आएपछि श्रीमतीको मृत्युसँगै बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा रहेका तरकारी बारीमै कुहिएर जाने अवस्था आएको बताउछन्। 

नगरपालिकाले उहाँले डुम्रेको तरकारी बारीमा फलेका तरकारी नगरपालिकाकै सवारी साधनमा बारीमै पुगेर संकलन गरी बजारमा बिक्री वितरण गरिदिएपछि केही राहतको महशुस गरेका छन्। 

परिवारमा मृत्युको पीडा भोगिरहेको डुम्रे परिवारको लागि गल्याङ नगरपालिकाले खेतबारीमै कुहिएर जाने अवस्थामा रहेको तरकारी बजारमा लाने व्यवस्था मिलाएपछि नगरपालिकाको यो कार्य डुम्रे परिवारको लागि दुःखेको घाउमा मलम बन्न पुगेको छ। 

आइतबार नगरपालिकाको सवारीसाधन सहितको टोलीले डुम्रेको तरकारी बारीमा उत्पाद भएका गोलभेडा, घिरौला, सिमी, करेला, लौका लगायतका तरकारी गरी करिब ४ सय किलो तरकारी बजारमा विक्रिवितरण गरेको छ।

डुम्रेको परिवारमा श्रीमतीको निधन संगै आएको समस्या समाधानका लागि यस क्षेत्रका अगुुवा समाजसेवी अर्जुुन भुजेलको पहलमा गल्याङ नगरपालिकाले समस्या समाधानको लागि तत्कालै खेतमा पुगेर उत्पादित तरकारीको बिक्रीको व्यवस्था मिलाएको हो। 

किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर जाने अवस्था आएपछि तुुलसी भञ्ज्याङ सानाकिसान कृषि सहकारीका अध्यक्ष दलबहादुर सिंजालीले गल्याङ नगरपालिकासँग समन्वय गरेर नगरपालिकाको जीप प्रयोग गरी उत्पादित तरकारीलाई बजार गरिएको बताए। 

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिका किसानको साथमा रहेकोले किसानले उत्पादन गरेका वस्तु खेर जान नदिने बताउँदै नगरपालिका नरवासीका हरेक दुःख सुखम साथमा रहने जनाए। 

नगरपालिकाले किसानलाई परेको यो दुःखको समयमा गरेको सहयोगले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका किसान चन्द्रकान्त डुुम्रेलाई राहत मिलेको भन्दै दुुःखको बेला स्थानीय सरकारले देखाएको सक्रियता निकै प्रशंसनीय रहेको स्थानीय कृषि उद्यमी रुमलाल कडेलले बताए। 

 लामो समयदेखि तरकारी खेती गर्दै आएका कृषक डुम्रेले करिव १० रोपनी जमीनमा तरकारी खेती गररे वार्षिक करिव ४ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए। दुःखमा परेको बला नगरपालिका लगायत स्थानीय बासिन्दाले गरेको सहयोगले आफुमा कामको लागि थप आत्मबल बढेको समेत उनले बताए। 

यहाँका किसान आलुुखेती, कुुखुुरापालन, गाईभैंसीपालनलगायतका नगदे कृषिबाली र कृषिजन्य उत्पादनमा सक्रिय हुुदै आएका छन्। किसानहरुले तरकारी खेतीका साथै धान, मकै र गहुुँको बिउको उत्पादनका लागि समेत पकेट क्षेत्र घोषणा गराएर उत्पादनमा लागेको पाइन्छ। रासस 

प्रकाशित मिति: : 2021-05-31 20:41:00

प्रतिकृया दिनुहोस्