बैंकर्स एसोसिएसनका अध्यक्षको लकडाउन डायरी– ‘घरभित्रै पनि इन्टरनेटको सहायतामा कुरा गर्नुपर्‍यो’

लोकान्तर

काठमाडौँ

परिवर्तन देवकोटा

कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सीमित कर्मचारी राखेर काम गरिरहेका छन् । 

कोरोना महामारीको दोस्रो लहरका क्रममा धेरै बैंकर्सहरू संक्रमित भएका छन् । 

यसबीचमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालको परिवारमा पनि कोरोना संक्रमण भयो ।

खुशीको कुरा, अहिले उनको परिवारका सदस्यहरू कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

निषेधाज्ञा अवधिमा केकस्ता कामहरू गरियो ? सीईओ दाहालले आफ्ना अनुभव यसरी सुनाए :

‘हामीले कुराकानी गर्दा पनि इन्टरनेटको सहायता लिनुपर्ने अवस्था आयो । श्रीमती तथा छोरासँग मैले म्यासेन्जरमा नै नियमित कुरा गरिरहेँ । सँगै बसेर गफ गर्न पाइनँ ।’ 

लोकान्तरको लकडाउन डायरीका लागि सानिमा बैंकका सीईओ भुवन दाहालसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

प्रकाशित मिति: : 2021-05-31 21:40:00

प्रतिकृया दिनुहोस्