एमालेकाे स्थायी समिति बैठक बस्दै, यी विषयमा छलफल हुने 

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।

बैठक  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे बस्न लागेकाे नेताहरूले बताएका छन्। बैठकमा पार्टीको आन्तरिक विषयसँगै सरकारले प्रस्तुत गरेको बजेटलगायतका विषयमा छलफल हुने बताइएकाे छ।

बैठकमा स्पष्टीकरणा साेधिएका नेताहरूलाई  कारबाही गर्ने नगर्ने भन्ने विषयमा समेत छलफल हुनसक्ने बताइएकाे छ। 

पार्टीले एक साता अगाडि १२ नेतालाइ स्पष्टीकरणा साेधेकाे थियाे। घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा लाइ पार्टीले स्पष्टीकरण साेधेकाे थियाे। 

प्रकाशित मिति: : 2021-06-01 10:23:00

प्रतिकृया दिनुहोस्