अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ।

काेराेना संक्रमणका कारण गंगालाल अस्पतालमा उपचाररत थापाको मंगलबार बिहान साढे ६ बजे निधन भएको हो।

लामाे समयदेखि कोरोना संक्रमणसँग जुधिरहेका एमाले नेता एंव अर्थशास्त्री थापाको उपचारका क्रममा अस्पतालमै निधन भएको एमाले नेताहरूले जानकारी दिएका छन्। 

एमालेको अर्थ तथा योजना विभाग सचिव समेत रहेका उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भइ काम गरिसकेका थिए।

थापाको निधनप्रति एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेललगायत नेताहरूले शोक व्यक्त गरेका छन्। मुख्यमन्त्री पाेखरेल सामाजिक सञ्जालमा लेख्छन्र, 'जनताले वुझ्ने भाषामा अर्थशास्त्रका कुरा गर्न सक्ने अर्थशास्त्री गोविन्द थापा रहनु भएन भन्ने कुरा सुन्दा अत्यन्त दुःख लागेको छ। कमरेेड थापा प्रति भावपूर्ण श्रद्धान्जली। शोकाकुल परिवारजनमा गहिरो समवेदना।'

प्रकाशित मिति: : 2021-06-01 11:14:00

प्रतिकृया दिनुहोस्