काठमाडौं उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा खुकुलो बनाउने तयारी  

फाइल तस्वीर
फाइल तस्वीर

मंगलबार काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।

कोरोना संक्रमण नियन्त्रणको लागि निषेधाज्ञा कडा गरेको सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञालाई केही खुकुलो बनाउने तयारी गरेका छन्।

पछिल्लो पटक कडा बनाइएको निषेधाज्ञाको समिक्षा गर्दै निषेधाज्ञालाई केही खुकुलो बनाउने विषयमा आजको बैठकमा छलफल हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए।

‘हामी तीनबाटै जिल्लाका सीडीओहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग छलफल गरी निषेधाज्ञालाई केही खुकुलो र व्यवस्थित बनाउने निर्णयको तयारीमा छौं।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बिएल नेपाली सेवालाई बताए।

त्यस्तै, भक्तपर र ललितपुरका सीडीओहरु पनि कोरोनाको पछिल्लो ग्राफका आधारमा निषेधाज्ञालाई थप व्यवस्थित बनाउने कुरामाा सहमत छन्।

कोरोना संक्रमण दरमा कमी नआएपछि उपत्याकामा गत शुक्रबारदेखि निषेधाज्ञालाई कडा बनाइएको थियो। त्यस यता कोरोना संक्रमणदर ओरालो लागेको छ। पछिल्लो निषेधाज्ञा बन्द गरिएका खाद्यान्न पसललाई थप व्यवस्थित बनाएर खोल्ने तयारी रहेको छ।

प्रकाशित मिति: : 2021-06-01 11:44:00

प्रतिकृया दिनुहोस्