मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्यान गएको छ। मृत्य हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए।

उहाँका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो। एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा  जान नमानि घरमा नै रही  जडिबुटी सेवन गरेको बताइएको छ।

बृद्धाको मृत्युपछि  गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए। गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन।

हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।नृपेन्द्रबहादुर मल्ल/रासस

प्रकाशित मिति: : 2021-06-01 20:44:00

प्रतिकृया दिनुहोस्