अमेरिकी राष्ट्रिय सुरक्षा ब्यूरो एनएसएले डेनमार्क जासुसी विभागको प्रयोग गरी जर्मनीका चान्सलर लगायत युरोपेली संघका नेताहरू र उच्च पदाधिकारीहरूको निगरानी गरेको पछि युरोपेली जनमत आश्चर्यमा परेको छ।
इन्टरनेट रक्षक मानिरहेको अमेरिकाले पटकपटक युरोपेली संगातीको निगरानी गरेको खबरबाट एटलान्टिक महासागरसँगको सम्बन्धमा लगातार प्रहार गरेकाले अमेरिका र युरोप बीचको विश्वास घट्दै गई मतभेद बढ्दै गएको सीआरआई नेपालीले जनाएकाे छ।
अमेरिकाले युरोपेली संगातीमाथि जासुसी कार्य गरिरहेको छ। सन् २०१३ मा अमेरिकी सरकारले स्वेदशी र विदेशी टेलिफोन र इन्टरनेट सम्पर्कको व्यापक निगरानी गरेको कुरा अमेरिकी रक्षा मामिला ठेक्कामा लिएको व्यापारी स्नोडेनले चुहाएका थिए। जसबाट अन्तर्राष्ट्रिय समाजमा ठूलो उतारचढाव देखा परेको थियो।
विकी लिक्स वेभसाइटले सन् २०१५ मा जनाए अनुसार, अमेरिकी एनएसएले फ्रान्सका ३ जना राष्ट्रपतिको निगरानीमा महत्वपूर्ण जासुसी गर्यो। बितेका वर्षहरूमा अमेरिकाको यस्तो गतिविधिमा निरन्तरता देखा परिरहेको छ।