पवन गोल्यानको लकडाउन डायरी– 'अघिल्लोपटक त खुबै खाना बनाएँ, यसपालि अलि भ्याएको छैन'

लोकान्तर

काठमाडाैं

‘निषेधाज्ञाको अहिलेको समयमा म युवाहरूलाई मोटिभेट गर्ने र कृषिकर्मीहरूलाई कसरी सहयोग गर्ने भन्ने कुरामा नै म व्यस्त छु,’ प्रतिष्ठित उद्यमी तथा गोल्यान ग्रुपका अध्यक्ष पवनगोल्यान भनाइ हो यो ।

नेपालमा कोरोना महामारीको दोस्रो लहर शुरू भएसँगै निषेधाज्ञा जारी भएको एक महिनाभन्दा बढी भइसकेको छ । यसबीचमा गोल्यान घरमै छन् । उनले घरबाटै विभिन्न काम गर्दै आएका छन् । 

लकडाउन डायरीका लागि लोकान्तरसँगको कुराकानीमा गोल्यानले भने, ‘अनलाइन वा फोनबाट कृषक तथा युवाहरूलाई मोटिभेट गरिरहेको छु । जति गर्न सक्छु, त्यति त गर्न सकेको छैन, तर गरिरहेकै छु ।’

प्रस्तुत छ, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका गोल्यानसँग लोकान्तरकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा :

कोरोना भाइरसको दोस्रो लहर शुरू भएसँगै यसको न्यूनीकरण तथा रोकथामका लागि सरकारले निषेधाज्ञा लगाएको पनि १ महिनाभन्दा बढी भइसकेको छ । यसबीचमा प्रायः म घरमा नै छु । यस्तो समयमा सकभर बाहिर नजाँदा नै ठीक हुन्छ । 

विगतका दिनहरूमा भन्दा घरमा बस्दा केही समय खाली हुन्छ । मैले पनि केही फुर्सद पाएको हुन्छु । यसमा कहिलेकाहीँ खल्लो त हुन्छ, तर पनि अहिले प्रविधिले फड्को मारिसकेको अवस्थामा खाली भन्ने हुँदो रहेनछ । अनलाइन तथा जूम माध्यमबाट अफिसका कामहरू गर्ने, मिटिङमा सहभागी हुने काम गरिरहेको हुन्छु । 

प्रकाशित मिति: : 2021-06-02 15:28:00

प्रतिकृया दिनुहोस्