अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले आफूले यौन दुर्व्यवहारको सामना गरेको बताएकी छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै आफूले यस क्षेत्रमा प्रवेश गर्दा याैन दुर्व्यवहारकाे सामना गर्नुपरेकाे बताएकी हुन्।
उनले लेखेकी छिन्, ‘जब मैले यो उद्योगमा काम गर्न सुरु गरेको थिएँ, त्यसबेला मैले यौन दुर्व्यवहारको सामना गरेको छु। तर, म उनीहरुविरूद्ध बोल्न डराइन।’
निर्देशक सुनिल रावलमाथि केही बर्ष अगाडी यौन शोषणको आरोप लागेको थियो l सो समय पनि उनले आफूले यौन दुर्व्यवहारको सामना गर्नु परेको उल्लेख गरेकी थिइन्l