दुधको साक्षी बिरालो   

ओम आचार्य

विराटनगर
Breaknlinks
Breaknlinks

बिरालोलाई घर मनपर्छ
घरमा भएको दुध मनपर्छ
मक्खन अनि दही पनि मनपर्छ
दुध दही मक्खन चाट्दै खाएको
जुँगा र ओठमा दलेर
हाक्का-हाक्की देखाउँछ 

बिरालोलाई घर मनपर्छ
घरभित्रको मान्छे मन पराउँदैन
उ घर भित्रको मान्छे घटुन् भन्छ
उ घर भित्रको मान्छे मासिउन् भन्छ
घर भित्रको मान्छे मन नपराउने 
घर मन पराउने

सरकार
अहिले त्यही बिरालो जस्तै भएको छ
बिरालो शैली
म्याउ-म्याउ गर्दै
अगाडी बढ्दै छ
घर मन पराउने
घर भित्रको मान्छे मन नपराउने

यो सरकार
कस्तो घरको परिकल्पना गर्दै छ
जुन घरमा जीवन हुँदैन
जुन घरमा मान्छे हुँदैन
त्यस्तो घर सरकार किन मन पराउछ ?

घर भनेकै देश हो
र देश भनेकै हामी हौं 

अहिले सरकार तिम्रो हातमा
देश भित्रको दुध, दही, मक्खनको
भण्डारको साँचों तिमीलाई जिम्मा लगायौं

दुधको साक्षी बिरालो भयो।

प्रकाशित मिति: : 2021-06-05 17:59:00

प्रतिकृया दिनुहोस्