करण जोहरकाे 'प्रेम कहानी'मा रणवीर र आलिया

बलिउड निर्देशक तथा निर्माता करण जोहरले नयाँ चलचित्र बनाउने भएका छन्।

चलचित्रको कथा रोमान्टिक कमेडी विधाको हुने बताइएको छ।  चलचित्रमा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहने पक्का भैसकेको छ।

चलचित्रको लागि अन्य कलाकारहरुसँग पनि सम्झौता भइसकेको निर्देशक करणले जानकारी दिएका छन्। चलचित्रको छायांकन भने कोरोना महामारी कम भएलगतै सुरु हुनेछ। 

चलचित्रको नाम अहिले प्रेम कहानी राखिएपनि पछि परिवर्तन गर्न सकिने बताइएको छ। करणले चलचित्रसँग जोडिएका सबै टिमलाई खोप लगाएपछि मात्र पहिलो चरणको छायांकन सुरु हुने बताएका छन्। 

प्रकाशित मिति: : 2021-06-06 07:09:00

प्रतिकृया दिनुहोस्