संकटका बेला उपत्यका सम्हाल्ने कमान्डरको दैनिकी– कसैको कार्यालयमै बास, कोही घरको छुट्टै कोठामा !

लोकान्तर

काठमाडाैं

कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण देशका धेरैजसो जिल्लामा विगत एक महिनादेखि निषेधाज्ञा  छ । 

निषेधाज्ञाको अवस्थामा सबैभन्दा अग्रपंक्तिमा खटिने नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी हो भने नेपाली सेनाले स्वाब संकलन, शव व्यवस्थापन गरिरहेको छ ।

पछिल्लो समय नेपाली सेनाले उपत्यकामा संक्रमणका कारण मृत्यु भएका मानिसहरूको शव व्यवस्थापन पनि गर्दै आएको छ ।

सुरक्षा निकायका कतिपय कर्मचारीमा कोराना भाइरसको संक्रमण भएको छ भने केही निको भएर काममा फर्किएका छन् ।

कोरोनाको उच्च जोखिममा रहेका नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका काठमाडौं उपत्यकामा कार्यरत कर्मचारी घर समेत जान पाएका छैनन् ।

कोरोना भाइरसको संक्रमणका कारण महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले ज्यान गुमाए ।

नेपाली सेनाका एक जर्नेलले समेत ज्यान गुमाइ सकेका छन् । 

सडकमा दिनानुदिन खटिएकै कारण काठमाडौं उपत्यकाका सुरक्षा कमान्डरहरू आफ्नो घरपरिवारसँग पनि बस्न पाएका छैनन् ।

टाढै बसेर खानुपर्ने र टाढै सुत्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति: : 2021-06-06 16:57:00

प्रतिकृया दिनुहोस्