भारतसँगका अँध्यारा र काला पक्षहरूमा अल्झिनु हुँदैन: प्रधानमन्त्री ओली (अन्तर्वार्ता)

के तपाईंलाई भारतबाट आशा गरेजस्तै सहयोग प्राप्त भयो ?

त्यस्तो त मलाई नकारात्मक कुरा गर्नुछैन तर अदालतको फैसला, खोपको कमी, भारतमा लहर फैलिरहेको थियो। भारत समस्यामा थियो त्यसले होस्। तर मलाई लाग्छ, जति सहयोग मिल्नु पर्दथ्यो एउटा छिमेकी, जसको सिमाना खुला छ, भारतमा महामारी रोकियो तर नेपालमा नियन्त्रण भएन भने त्यसको कुनै अर्थ नै छैन, किनकि त्यो सर्छ नै।

यस्तो बेला प्रधानमन्त्री मोदीलाई के भन्न चाहनुहुन्छ ?

म उहाँलाई अनुरोध गर्छु कि नेपाललाई अरु देशभन्दा केही फरक ढंगले, किनकि हामीजस्तो छिमेकीहरु जहाँ खुला सिमानामा दुवैतिर खेत छन्, कहीँकहीँ त दशगजा कहाँ छ थाहा छैन। मानिसहरुबीच हरेक कुराका निम्ति आवतजावत हुन्छ। यी र हाम्रो मित्रतापूर्ण सम्बन्धलाई ध्यानमा राखेर भारतले पूर्ण सहयोग गर्नुपर्छ।

त्यसको अर्थ मैले भारतबाट सहयोग नपाएको भनेको होइन। अक्सिजन, औषधि लगायत धेरै कुरा ल्याइराखेका छौं। सबैभन्दा पहिलो खोप पनि उपलब्ध गरायो, त्यसको निम्ति भारतलाई धन्यवाद पनि छ।

महामारीका बेला चीनले बढी मद्दत गरेका कारण अब नेपालमा चीनको प्रभाव बढी भएको हो कि ?

यसमा राजनीतिलाई बीचमा ल्याउनु कुनै आवश्यकता नै छैन। यसमा कसैको प्रभावको कुरा पनि होइन। यो खोपको मामिला हो। खोप भारतले दिए पनि, चीनले दिएपनि, अमेरिका, युके जसले दिए पनि ठीक छ।

त्यसै कारण यसमा राजनीति गर्न जरुरी छैन र दुवै छिमेकीलाई हामी धेरै धन्यवाद दिन्छौं। किनभने एउटाले हामीलाई १८ लाख खोप दिएको छ, अर्कोले २० लाख खोप दिएको छ। दुवैको मद्दत हामीले पाइराखेका छौं। दुवैबाट हामीलाई मेडिकल उपकरणहरु पनि मिलिरहेको छ। त्यसलैले हामी दुवैलाई धन्यवाद दिन्छौं।

एउटा अन्तिम प्रश्न म सोध्न चाहन्छु, विगत ६ वर्षदेखि मोदी भारतमा प्रधानमन्त्री छन् र यो बीचमा नेपालसँगको सम्बन्धमा केही तनाव रह्यो, केही मनमुटाव भयो। तपाईंको चाहिँ भारतसँगको सम्बन्ध कहाँ रहेको छ ?

मलाई के लाग्छ भने छिमेकी भएका कारण समस्या हुन्छ। समस्या किन उत्पन्न हुन्छ ? चिली वा अर्जेन्टिनाका मानिससँग न तपाईंको प्रेम हुन्छ, न घृणा, केही पनि हुँदैन। फेसबुकको जमानामा यताउता त हुन पनि सक्छ तर त्यसको सम्भावना एकदमै कम हुन्छ। किनभने त्यहाँ जानु पनि छैन र त्यहाँका मानिसलाई यहाँ आउनु पनि छैन। तर, जहाँ छिमेकी हुन्छ, त्यहाँ प्रेम पनि हुन्छ र समस्या पनि उत्पन्न हुन्छ।

हो, कहिलेकाहीँ असमझदारीहरु थिए, तर अब ती असमझदारीहरु हटेका छन्। कुनै समय असमझदारी थियो, हामी त्यसैमा अल्झिएर बस्नु हुँदैन, भविष्य हेरेर अगाडि बढ्नु पर्छ। केही अँध्यारा र काला पक्षहरु थिए, त्यसमा अल्झिनु हुँदैन। हामीले अहिले उज्यालो पक्षलाई अगाडि बढाउनु पर्छ, हामीले सकारात्मक पक्षलाई अगाडि बढाउनु पर्छ।

(बीबीसीकी सालु यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको कुराकानी)

प्रकाशित मिति: : 2021-06-06 17:39:00

प्रतिकृया दिनुहोस्