मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिटमा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा आज मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिटमा सुनुवाइ हुँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ मा गरेकाे मन्त्रिपरिषद् विस्तारविरुद्ध परेका रिटमा सुनुवाइ हुन लागेकाे हाे।

ओलीकाे मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित कानून व्यवसायीले सोमबार सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता गरेका छन्। ति सबै रिटमाथि आज सुनुवाइ हुनेछ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीलाई पनि सामेल बनाएर व्यापक हेरफेर गरेका थिए।

प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्ति,  हेरफेर तथा कार्यविभाजन गर्न नपाउने रिट निवेदकहरुकाे दाबी छ।
 

प्रकाशित मिति: : 2021-06-08 11:09:00

प्रतिकृया दिनुहोस्