राउटे युवतीको अश्लील भिडिओ बनाउनेविरुद्ध दुई वटा अभियोगमा 'अनुसन्धान', फिरन्ते चरित्रमा अतिक्रमण नगर्न ध्यानाकर्षण

बिबिसी

काठमाडौँ

राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार गर्दै अश्लील भिडिओ बनाएको पाइएपछि उक्त लोपोन्मुख फिरन्ते समुदायको संरक्षणका निम्ति कानुनी र सचेतना अभियान अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।

अघिल्लो साता १८ र २२ वर्षीया राउटे युवतीसँग होटेलमा बसेको अश्लील भिडिओ बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

जबरजस्ती करणीसहित दुईवटा अभियोगमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ।

एक अनुसन्धानकर्ताले विगतका वर्षहरूमा राउटेको परम्परागत जीवनशैलीमाथि जोखिम बढ्दै गएको भन्दै त्यसमाथि थप अतिक्रमण हुने गतिविधि कसैले गर्न नहुने बताएका छन्।

प्रकाशित मिति: : 2021-06-08 16:26:00

प्रतिकृया दिनुहोस्