ठेलामा तरकारी बेच्नेको पीडा– निषेधाज्ञामा प्रशासनले ढक खोस्दा 'गुम्यो' गाँस [भिडियो रिपोर्ट]

लोकान्तर

काठमाडौँ

विश्वास खनाल

सर्लाहीका अन्दाजी ५५ वर्षीय श्यामबाबु साहले काठमाडौंको कलंकी एरियामा ठेलागाडामा तरकारी बेचेर जीविका चलाउँदै आएका छन् ।

करीब २६ वर्षअघि काठमाडौं छिरेका साहको दैनिकी ठेलागाडाकै सहारामा बितिरहेको छ ।

शुरूमा घुम्न भनेर काठमाडौं छिरेका साहले यहीँ सानोतिनो व्यापार गर्ने निष्कर्षसहित श्रीमती र ३ छोराछोरीलाई पनि यतै ल्याए । अनि ५ जनाको परिवार यसैगरी सानोतिनो व्यापारकै सहारामा पाल्न थाले ।

अहिले कोरोना संक्रमण रोक्न भन्दै जिल्ला प्रशासनमार्फत निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा भनेर घरमा सुतेर बस्नै छुट उनले कहाँ पाउनु ? राति नै कालिमाटी पुग्छन् अनि तरकारी लिएर टोलटोलमा घुम्छन् । परिवारको दायित्वले उनलाई एकदिन पनि घरमा बस्न दिँदैन ।

प्रकाशित मिति: : 2021-06-08 19:44:00

प्रतिकृया दिनुहोस्