कट्रिनालाई चलचित्रकाे ओइरो

Image Source : INSTAGRAM/KATRINAKAIF

बलिउड अभिनेत्री कट्रिना कैफकाे लोकप्रियता रहर लाग्दाे छ। उनी बौद्धिक अभिनेत्रीकाे सूचीमा पनि पर्छिन्।

काेराेना महामारीले सबै ठप्प भएपछि उनी फुर्सद मनाइरहेकी थिइन्। तर महामारी नियन्त्रणमा आएपछि उनलाई भ्याइ-नभ्याइ हुनेछ, चलचित्रमा। 

वातावरण अनुकुल हुनबित्तिकै कट्रिनाले ‘सुर्यवंशी’ मा काम गर्नेछिन्। जसलाई राेहित शेट्टीले निर्देशन गर्दैछन्। 

त्यस्तै उनले अर्काे हरर कमेडी  फिल्म ‘फोन भूत’ मा पनि काम गर्नेछिन्। त्यसपछि पनि उनले ‘टाइगर ३’ काे छायांकनमा व्यस्त हुनेछिन्। 

कट्रिनाले सम्झाैता गरेका चलचित्रहरुमा काम गर्न उत्साहित भएकाे बताएकी छन्। 

प्रकाशित मिति: : 2021-06-08 20:23:00

प्रतिकृया दिनुहोस्