प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा आज सुनुवाइ हुँदै

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

यसअघि आइतबार बसेको इजलासले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा हेर्दाहेर्दैमा सिमित राखेको थियो।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए।

इजलासमा भएका न्यायाधीशहरूमाथि नै प्रश्न उठेपछि अघिल्लो सातादेखि इजलास मुद्दाको मूल विषयमा अघि बढ्न सकेको छैन।

आइतबार पनि न्यायाधीशहरूको निष्पक्षतामाथि प्रश्न उठेपछि त्यसमै बहस भएको थियो।
 

प्रकाशित मिति: : 2021-06-09 07:42:00

प्रतिकृया दिनुहोस्