झापाकाे विएन्डसी मेडिकल कलेजले पायो सम्बन्धन

चिकित्सा शिक्षा आयोगले झापा बिर्तामोडको विएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन दिएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले झापाको विर्तामोडस्थित विएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको अस्पताल स्रोतले बताएको छ।

बैठकको निर्णय औपचारिकरुपमा हस्पिटलमा भने आइनसकेको हस्पिटल प्रशासनले जनाएको छ। काठमाडौं विश्वविद्यालयबाट विएन्डसीलाई सम्बधन दिइएको हो। आयोगको अध्यक्ष प्रधानमन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सहअध्यक्ष रहने व्यवस्था छ।

प्रकाशित मिति: : 2021-06-11 18:45:00

प्रतिकृया दिनुहोस्