यी हुन् लकडाउनमा गर्भवती बनेका कलाकारहरु (तस्वीरसहित)

Breaknlinks
Breaknlinks

कोरोनाको महामारीले यतिबेला विश्वभरका सिने क्षेत्र नराम्ररी प्रभावित बनेको छ। 

बलिउडको कुरा गर्ने हो भने झन् अवस्था ठप्प नै छ। भारतमा बढिरहेको कोरोना संक्रमणले बलिउड पनि थला परेकाे छ। यो महामारीमा केही कलाकारहरु फुर्सद मनाइरहेका छन् भने केही कलाकारहरु नयाँ चलचित्रका कथा लेखेर बसिरहेका छन्।

हामीले यहाँ केही बलिउड कलाकारहरु उल्लेख गरेका छौ, जाे लकडाउनमा गर्भवती बनेः

दिया मिर्जा

दिया मिर्जाले १५ फ्रेबुअरी २०२१ मा मुम्बई प्रसिद्ध व्यापारी वैभव रेखीसँग विवाह गरिन्। विवाह गरेको केही समयपछि उनीहरु हनिमुन मनाउन भन्दै माल्दिभ्स पुगेका थिए। त्यहाँ पुगेर दियाले एउटा फोटो शेयर गरिन्, जहाँ उनको पेट ठूलो भएको र बच्चा जन्माउन सक्ने अवस्थामा पुगेको जस्तो देखिन्छ।

अचम्म त के भयो भने, विवाह गरेको डेढ महिनामै उनकाे पेट ठूलो देखियो।

उनको त्यो तस्वीरले सामाजिक सञ्जालमा तहल्का नै मच्चायो। केहीले दियालाई नाटक गरेको भने त केहीले बधाइ नै दिए। यसबारे दियाले स्पष्टीकरण दिदै भनेकी थिइन्, 'मैले रहरले त्यो फोटो शेयर गरेको हुँ। तत्कालै पेट ठूलो भइसकेको त छैन, तर म चाँडै नै आमा बन्दैछु।'

श्रेया घोषाल

श्रेयालाई नचिन्ने त सायदै होलान्। उनका थुप्रै गीतहरु चर्चित छन्। उनै श्रेयाले लकडाउनमा बच्चालाई जन्म दिइन्। श्रेयाले विवाह गरेको ६ वर्षपछि पहिलो बच्चालाई जन्म दिएकी हुन्। उनले विवाह पनि प्रेमीसँगै गरेकी थिइन्।

दीपिका पादुकोण

अभिनेत्री दीपिका पनि गर्भवती भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। दीपिकाले अभिनेता रणवीर सिंहसँग विवाह गरेकी थिइन्। दीपिकाले लकडाउनमा दिएको एक अन्तर्वार्तामा आफू चाँडै आमा बन्न लागेको संकेत दिएकी थिइन्।

नीति मोहन

गायिका नीति पनि लकडाउनमै गर्भवती बनेकी छन्। उनीले सन् २०२१ मा पहिलो सन्तानलाई जन्म दिनेछिन्। ४० वर्ष उमेरमा नीतिले पहिलो सन्तानलाई जन्माउन लागेकी हुन्।

लिजा हेडन

अभिनेत्री लिजाले पनि सन २०२१ नयाँ सन्तान जन्म दिन लागेकी छन्। यसअघि उनले दुई सन्तानलाई जन्म दिइसकेकी छन्। उनी गर्भवती भएको समय अनुसार यही जुन महिना भित्रै उनले नयाँ सन्तानलाई जन्म दिनेछिन्।  

प्रकाशित मिति: : 2021-06-12 06:00:00

प्रतिकृया दिनुहोस्