निकोलाका लुप्त आविष्कार: जसले आजको दुनियाँ बेग्लै हुन सक्थ्यो

कमल प्रभात

काठमाडौं

निकोला टेस्ला (सन् १८५६ – सन् १९४३)। जसले आफ्नो सम्पुर्ण जीवन विज्ञानलाई सर्मपित गरे। अहिले हामी घर–घरमा विद्युतीय तारबाट बत्ति बाल्छौ। जसको आविष्कार निकोलाले नै गरेका हुन्। निकोला नभइदिएको भए हामीले बाँचिरहेको समय र पृथ्वीको पारिस्थितिक प्रणाली आजको जस्तो सहज र सरल हुँदैनथ्यो। 

हुन त निकोला एक मेकानिकल इन्जिनियर र इलेक्ट्रिक इन्जिनियर मात्र हुन्। तर त्यो भन्दा उनी एक महान वैज्ञानिक हुन्। उनी विज्ञानको लागि यति पागल थिए कि विज्ञानको दृष्टिकोणबाट सय वर्षपछिको समयलाई समेत ठोकुवा गर्न सक्थे।निकोला एक प्रकृति प्रेमी हुन्, तर उनी प्रकृतिलाई पनि विज्ञानको आँखाले अनुभत गरे। 

निकोलाले आफ्नी आमाबाट धेरै प्रेरणा पाए। उनले भनेका छन्,‘मेरी आमाले फुर्सदको समयमा घरमा फालिएका उपकरणहरु प्रयोग गरेर नयाँ औजार निर्माण गर्नु हुन्थ्यो।’ निकोलाका अर्को विशेषता भनेको उनको गणित हो। उनको लागि गणित मनोरञ्जनको विषय थियो। जसरी अचेल मान्छेहरु मनोरञ्जनको लागि नाच्ने र गाउने गर्छन्। 

सानैदेखि निकोलालाई एडभान्स क्यालकुलसमा यति लगाब थियो कि उनका साथीहरुले समस्याको हल गर्न क्यालकुलेटर खोजिरहदा उनी मष्तिष्कमै क्यालकुलेट गर्थे। उनको यस्तो क्षमता देखेर शिक्षकहरु नै अचम्म हुन्थे। शिक्षकहरुलाई पनि यस्तो लाग्थ्यो कि निकोलाले कतैबाट ती समस्याका हलहरु चोरीरहेका छन्। 
निकोलाको भविष्यलाई लिएर उनका परिवारको चाहना थियो, उनी कुनै पादरी वा सेना बनुन्। तर निकोलाको ध्यान केवल यो पृथ्वीका अनौठा रहस्यहरु घोत्लिरहन्थ्यो। 

सन् १८८१ मा निकोलाले पहिलो पटक जागिर गरे, एक टेलीग्राम कम्पनीमा। त्यहाँ पनि अन्य वैज्ञानिकहरु निकोलालाई देखेर हैरान हुन्थे। र  भन्थे, ‘निकोलाको मष्तिष्क एक फोटोग्राफी जस्तो छ, जुन एकपटक सिकेको वा गरेको काम सयौँ वर्षसम्म पनि उस्तै ताजा राख्न सक्छन्।’

आजसम्मकै इतिहासमा निकोला मात्र एक त्यस्तो वैज्ञानिक थिए, जसले अन्य ग्रहका एलियनहरुसँग सम्बन्ध बनाए। यही विषयलाई लिए कयौँ मानिस त निकालोसँग कुनै जादु वा कुनै तान्त्रीक शक्ति भएको पनि जिकिर गर्छन्।

तर ‘माई इन्भेन्सन’ पुस्तकमा निकोला आफैले लेखेका छन्, ‘पृथ्वीमा जस्तै अन्य ग्रहहरुमा पनि प्राणीहरुको बसोबास छ। उनीहरुलाई त्यही ग्रहको वातावरण अनुकल छ। उनीहरु पृथ्वीमा यसकारण आउँदैनन् कि पृथ्वीको वातावरणमा उनी बाँच्न सक्दैनन्। उनीहरुको जीवन र समुदाय नै लोप हुन सक्छ।’
निकोला र अर्का वैज्ञानिक थोमस अल्वा एडिसनले एक इलेक्ट्रिक कम्पनीमा सँगै पनि काम गरे। उनीहरु असल साथी र दौतरी थिए। तर उनीहरु लामो समयसम्म साथी बन्न सकेनन्। विस्तारै उनीहरुबीच दुश्मनी सुरु भयो। जसलाई नासाले अहिले ‘इलेक्ट्रिक वार’ को संज्ञा दिएको छ। 

निकालाले गरेका केही आविष्कारहरु त बाहिर आउनै सकेनन्। विभिन्न कारणले ध्वस्त परिएका आविष्कारहरु यदि बाहिर आउँथ्यो भने आजको दुनियाँ झन् बेग्लै हुन्थ्यो। 

१.डेथ बिम

निकोलाले आविष्कार गरेको डेथ बिम कहिल्यै बाहिर आउन सकेन। जुन उनले सन् १९३० मा आविष्कार गरेका थिए। यस उपकरणलाई युद्धमा प्रयोग गर्न सकिन्थ्यो। यस उपकरणले युद्धमा सजिलै हजारौँ दुश्मनलाई खतम पार्न सक्थ्यो। करिब हजार किलोमिटर टाढाबाटै यसलाई प्रयोग गर्न सकिन्थ्यो। 
यस आविष्कारलाई निकोलाले आफैले बाहिर ल्याउन मानेनन्। यदि यो आविष्कार बाहिर आउथ्यो भने यसको प्रयोगले पृथ्वीमा मानव समुदायबीच नै युद्ध र हिंसा चलिरहन्थ्यो। तर निकोला चाहन्नथे कि यस आविष्कारको दुरुपयोगद्वारा लाखौँ मानिसले क्षणभरमै ज्यान गुमाउन परोस्। यस आविष्कारको ड्राफ्ट केही मानिसहरुले चोर्ने प्रयास गरेको पनि निकोलाले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।

२. टेस्ला अक्सिलेटर

निकोलाको यस आविष्कार पनि बाहिर आउन सकेन। यस उपकरणको प्रयोगबाट पृथ्वीमा कृत्रिम भूकम्प ल्याउन सकिन्थ्यो। यस उपकरणको प्रयोगबाट दुई सय किलोमिटर टाढासम्म भू हलचल गराउन सकिन्थ्यो। तर निकोलाले पृथ्वीमा अनावश्यक क्षति पुग्न सक्ने भन्दै यस आविकष्कारलाई गुप्त राखे। 

३.फ्री इलेक्ट्रिसिटी सिस्टम

निकोलाले सन् १९०१ मा गरेको यो आविष्कारले पनि पुर्णता पाउन सकेन। त्यतीबेलाका प्रसिद्ध र सफल व्यवसायी जेबि मर्गनले त निकोलाको यस आविष्कारमा लागानी गर्नसमेत तयार भइसकेका थिए।

यस आविष्कारले पुर्णता पाउथ्यो भने आज हामी कुनै तारबिनानै उज्यालो बाल्न सक्थ्यौं। अर्थात नेटवर्किङको टावरजस्तै कुनै टावरबाटै बिजुली बाल्न सक्थ्यौं। यसले पृथ्वीमा अल्टरनेटिङको व्पापारमा घाटा पुर्याउथ्यो। जसले गर्दा यसका व्यापारीहरु समेत टाट पन्टिन्थे। विभिन्न व्यवसायीहरुले षडयन्त्र गरेर निकोलाको यस आविष्कार बाहिर ल्याउन दिएनन्। 

४.दी फ्लाइङ सौसर

निकोलाको यो आविष्कार अन्य आविष्कारभन्दा भिन्नै थियो। यो आविष्कार हावामा सजिलै जहाँ पनि उड्न सक्थ्यो। यो मेशिन आजभोलीको जस्तो पखेट्टा भएका जहाज वा हेलिकप्टर थिएन। यस आविष्कार एन्टी ग्राभिटी जस्तै थियो। यसलाई आवश्यकता अनुसार सडकमा गुडाउन र हावामा उडाउन पनि सकिन्थ्यो यस मेशिनको उडानमा मौसमले कुनै फरक पार्दैनथ्यो। न त चराहरुको ठक्करलै नै जोखिम हुन्थ्यो। यो मेशिन घण्टौसम्म आकाशमै पार्किङ हुन सक्थ्यो भने यसको लागि कुनै इन्धन पनि आवश्यक पर्दैनथ्यो। तर विभिन्न कारणले निकोलाको यस आविष्कार पनि सदाको लुप्त बन्यो। 

५. इलेक्ट्रिकल पावर एयरशिप

निकोलाको यस आविष्कार प्रयोगमा आउथ्यो भने आज संसार कै सबैभन्दा द्रुत गतिमा उडान भर्ने जहाज हुन्थ्यो। आज जहाजमा घण्टौ लाग्ने स्थानसम्म पुग्न यस जहाजले केही मिनेटमै पुर्याउथ्यो। तर यस आविष्कारको अध्ययन गर्दागर्दै निकोलाको निधन भयो। अहिले निकोलाले अध्यय गरिरहेको यस आविष्कारको ड्राफ्ट नासाले सुरक्षित राखेको छ।
(‘माई इन्भेन्शनः दी अटोबायोग्राफी अफ निकोला टेस्ला’ पुस्तकको सहयोगमा।)
 

प्रकाशित मिति: : 2021-06-14 18:48:00

प्रतिकृया दिनुहोस्