पूर्वप्रधानमन्त्री खनालको अक्सिजनको सहयोगमा उपचार

फाइल तस्वीर
फाइल तस्वीर

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको छ।

गत नौ दिनदेखिको ज्वरो कम नभएपछि उनलाई आज बिहान थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ।रासस
 

प्रकाशित मिति: : 2021-06-14 17:23:00

प्रतिकृया दिनुहोस्