‘गन गर्ल’ की नायिका लिसा बेन्सको निधन

लीजा बेन्स - फोटो : सोशल मीडिया
लीजा बेन्स - फोटो : सोशल मीडिया

सन् २०१४ मा रिलिज भएको सुपर हिट सिनेमा "गन गर्ल" कि नायिका लिसा बेन्सको मङ्गलबार न्युयोर्कमा निधन भएको छ।

करिब दश दिन अगाडि उनलाई म्यान ह्याट्टनमा एउटा तिब्र गतिको गाडीले ठक्कर दिएको थियो। दुर्घटना लगतै अस्पताल भर्ना गरिएकी नायिका बेन्सको कोमा मै निधन भएको उनका प्रबक्ताले पत्रकारहरुलाई जानकारी दिएका छन्।

प्रहरीले हाल सम्म उनलाई ठक्कर दिने कार चालकलाई  पक्राउ गर्न सकेको छैन। सन् १९८८ मा रिलिज भएको सिनेमा "ककटेल" मा टम क्रुजसँग अभिनय गरिसकेकी नायिका बेन्द्वारा अभिनित केही सफल सिनेमाहरुमा डेन्जर आइल्याण्ड, पुम्किन, मारी, ड्र्यागन फ्लाई आदि हुन्।

उनको जन्म ९ जुलाई १९५५ मा चाग्रिन फल्स ओहायोमा भएको थियो। 

प्रकाशित मिति: : 2021-06-16 09:07:00

प्रतिकृया दिनुहोस्