कर्णाली: उचाइमा कोरोनाभाइरस सङ्क्रमण, तर भिडभाड उस्तै

बिबिसी

काठमाडौँ

जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको सट्टा कर्णालीका गाउँघरमा झन् मानिसहरूको भिडभाडका दृश्यहरू देख्न पाइन्छ।

कोभिड-१९ को जोखिम भए पनि रोगभन्दा भोकले सताउने भन्दै महिलाहरू बिहान ४ बजेदेखि चामल लिन जुम्ला विमानस्थलमा पुग्ने गर्छन्। तर त्यहाँ सामाजिक दूरी राखिएको पाइन्न।

धेरै मानिसको पालो आउन ढिला हुने हो कि भनेर सबै एकै ठाउँमा लाइनमा बस्ने गरेको जुम्लाको चन्दननाथ नगरपालिका १० की सीता गिरी बताउँछिन्।

चामल लिन पुगेकाहरूको त्यो भिडमा गुठी चौर, पातरासी, तातोपानी चन्दननाथ नगरपालिका र सदरमुकाममा डेरामा बस्नेहरू भेटिन्छन्।

प्रकाशित मिति: : 2021-06-16 10:58:00

प्रतिकृया दिनुहोस्