मनसुन सुरू भएको संकेत गर्ने काठमाडौं जात्रा

सेतोपाटी

काठमाडौँ

सबिना श्रेष्ठ

दस दिनअघि जुन ५ मा संसारभरि विश्व वातावरण दिवस मनाइयो। पानी दिवस, सिमसार दिवसका नाममा पनि धेरै देशले आफ्ना प्राकृतिक स्रोतहरूको सरसफाइ र संरक्षण गर्दै आएका छन्।

यस्ता दिवस मनाउन थालेको ४०-५० वर्षभन्दा बढी भएको छैन। तर तपाईंलाई थाहा छ, काठमाडौंका नेवार समुदायले 'सिथि नखः' भन्दै पानी र प्रकृतिका स्रोत पुज्न थालेको हजारौं वर्ष भयो।

आज सिथि नख: को दिन काठमाडौं उपत्यकाभरि इनार, कुवा, धारा लगायत पानीका स्रोत सरसफाइ गर्ने चलन छ।

यही अवसरमा फल्चा समूहले सामाजिक सञ्जाल 'क्लबहाउस' मा मंगलबार सिथि नख: संस्कृति र योसँग जोडिएको वातावरणीय पक्षबारे छलफल गरेको थियो।

सिथि नखः भनेको काठमाडौं उपत्यकामा मनाइने वार्षिक जात्रापर्वको अन्तिम दिन हो। यसपछि किसानहरू खेतीपातीमा व्यस्त हुन्छन्। उनीहरूको पूरा समय खेतमै बित्छ। अब अर्को वर्षको जात्रापर्व धान रोपाइँ सकिएपछि सुरू हुन्छ। यो सिथि नखःको सात सातापछि आउँछ, जसलाई ‘गठांमुग’ भनिन्छ।

प्रकाशित मिति: : 2021-06-16 11:28:00

प्रतिकृया दिनुहोस्