भोटेकोशीको बाढीले अरनिको राजमार्गको लिपिङ खोला पुलमा क्षति 

तस्वीर सौजन्य: ध्रुव थापा तस्बिर
तस्वीर सौजन्य: ध्रुव थापा तस्बिर

मगलबार आएको भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गको लिपिङ खोला पुलमा क्षति गरेको छ।

योसँगै तातोपानी नाकाबाट आवतजावतमा समस्या भएको छ। पुलमा समस्या भएपछि स्थानीयलाई आवतजावत सहज पार्न र नाकाबाट कारोवार सुचारु गर्न भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले पहल गरेका छन्।

उनको अनुरोधमा चिनियाँ कम्पनी सिसिआरसीका प्राबिधिकहरु त्यहाँ पुगेका छन्। उनीहरुले  बैकल्पिक व्यवस्थाको लागि प्रयास गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2021-06-16 11:37:00

प्रतिकृया दिनुहोस्