युरोकप फुटबलमा स्विजरल्याण्डमाथि इटालीले सहज जित निकालेको छ।
बुधबार राति भएको खेलमा इटालीले स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो।
इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे भने सिरो इमोबाइलले एक गोल गरे।
खेलको १९ औं मिनेटमा जर्जियो चेलीनीले गोल गरेका थिए, तर गोल गर्नुअघि ह्यान्डबल गरेको कारण उनको गोलले मान्यता पाएन।
पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।