असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ 

फाइल तस्वीर
फाइल तस्वीर

कोरोना व्यवस्थापन निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ।

बैठकले कोरोना संक्रमणको जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन तथा आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको हो।

सवारी साधनमा जोर र बिजोर, सरकारी कार्यालय सातामा दुई दिन बिदा, निश्चित क्षेत्र मात्रै खोल्नेलगायतका विकल्पमा छलफल गरी स्मार्ट लकडाउन गर्न लागिएको हो

असार ७ गतेसम्म कोरोना संक्रमणको अवस्था अध्ययन गरेर थप निर्णय गरिने बताइएको छ।

अहिले काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा असार ७ गतेसम्म थप भएको थियो। त्यसपछि पनि निषेधाज्ञा कायमै रहने तर, खुकुलो पारिने छ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ।

प्रकाशित मिति: : 2021-06-17 16:06:00

प्रतिकृया दिनुहोस्