मेलम्चीका बाढी पीडितलाई गुड टिभीको सहयोग

मेलम्चीका बाढी पीडितलाई गुड टिभीको तर्फबाट राहत सामाग्री प्रदान गरिएको छ।

बाढीबाट बिस्थापित भएको खबर सुन्न साथ गुड टिभीकी सन्चालिका गंगा लामाको सक्रियतामा  ​एक लाख २ हजार बराबरको ६० बोरा चामल नुन,तेल लगायत विभिन्न सामाग्री बितरण गरिएको थियो।

‘हामी समस्या मात्र उठान गर्दैनौ पर्दाखेरी सक्ने सहयोग पनि गर्छौ’, गंगाले भनिन्, गुड टिभीको तर्फबाट सामाजिक उत्तर दाहित्व निभाएका हौ।

गंगाको टिम पानी झरी नभनि समाचार सम्प्रेषण तथा राहतको लागि घटनास्थल पुगेको थियो।  राहत समाग्री पाएपछि बाढीबाट पीडित भएकाहरु निक्कै खुशी भएका थिए। 
अविरल वर्षाका कारण आएको बाढीले मेलम्ची बजार डुबानमा परेको छ । बाढीले ५०० घर डुबानमा पर्नुका साथै थुप्रै धनजनको क्षति भएको छ।

बाढीका कारण सो क्षेत्रमा अहिले विद्युत र टेलिफोन नेटवर्क अवरुद्ध छन्। यसैगरी सोही ठाउँमा विविटिएम फाउण्डेसनले पनि चिउरा,चाउचाउ,मास्क बितरण गरेको छ। 

प्रकाशित मिति: : 2021-06-17 17:33:00

प्रतिकृया दिनुहोस्