पानीको कुलो र नहरमा डुबेर २ जनाको मृत्यु भएको छ।
बर्दियाको बारबर्दिया नगरपालिका-४ बस्ने महेश थारुको १६ वर्षीय छोरा उत्तम थारुको घरबाट करिब ५ सय मिटर टाढा पानीको कुलोमा डुबेर बिहीबार मृत्यु भएको छ।
बुधबार घरबाट भैँसी चराउन गएकोमा घर फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त कुलोमा उनको शव फेला परेको हो।
त्यसैगरी झापाको गौरादह नगरपालिका-९ बस्ने ५२ वर्षीय दिल बहादुर गिरी आफ्नै घर नजिक नहरमा डुबेर बिहीबार मृत अवस्थामा फेला परेका छन्।