प्रदेश नं १ मा १३ सय जना कोरोनाबाट मुक्त

बिएल संवाददाता

  विराटनगर 

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा आज एक हजार २९९ जना कोरोना सङ्क्रमण मुक्त्त भएका छन्। सङ्क्रमण मुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष रहेका छन्। 

हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको भएर घर फर्किने  ५२हजार ३७३ पुगेका छन्। सो अवधिमा आज ३९३  नयाँ सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेशमा सो अवधिमा एक हजार ४२९ जनाको पिसिआर परीक्षण गरिएको तथा अहिले पनि करीब १५ हजार ह सक्रिय सङ्कमित रहेको बताइएको छ। –

प्रकाशित मिति: : 2021-06-17 21:51:00

प्रतिकृया दिनुहोस्