सनी र अमीषा थिएनन् ‘गदर’ का लागि पहिलो रोजाइ

बलिउड फिल्म ‘गदर : एक प्रेम कथा’ रिलिजको दुई दशक भएको छ। 

सुपरहिट फिल्ममा सनी देओल र अमीषा पटेलको जोडीलाई देखाइएको छ। तर निर्देशक अनिल शर्माका अनुसार फिल्मका लागि पहिले अरु नै नायक-नायिका अर्थात् गोविन्दा र काजोललाई अफर गरिएको थियो।

तर ‘महाराजा’ फिल्ममा काम गरिरहेका गोविन्दले फिल्मको कहानी मन परेता पनि अस्विकार गरेका थिए। कारण थियो, सो बेला पाकिस्तानको जस्तो सेट भारतमा तयार गर्ने तरिका थिएन। 

त्यसैगरी काजोलले पनि फिल्मका लागि अस्विकार गरेपछि अमीषा भित्रिएकी हुन्। उक्त फिल्ममा सनीले तारा सिंहको भूमिका सानदार तरिकाले निर्वाह गरेका छन्। 

 

प्रकाशित मिति: : 2021-06-17 22:25:00

प्रतिकृया दिनुहोस्