बलिउडमा संघर्ष गर्न त्यति सजिलो छैन, जति बाहिरबाट हेर्दा देखिन्छ।
अहिले स्थापित र चलेका अभिनेत्रीहरुको संघर्षको इतिहासलाई हेर्ने हो भने, दया लाग्दो नै छ। महिनौसम्म निर्माता र निर्देशकको ओछ्यान तताउनु पर्ने उनीहरु बाध्यता थियो। भलै, अहिले यसबारे खुलेरै बहस हुने परम्पराको विकास भएको छ।
त्यसो त बलिउड चलचित्रको पर्दामा देखिन पाउनु जो कोहीको पनि इच्छा हुन्छ। एकताका बलिउडमा एउटा कथन नै थियो, 'फस्ट सेक्स, फिल्म नेक्स्ट'।
अहिले चल्तीमा आएका केही अभिनेत्रीहरु छन्, जसले बलिउडमा डेब्यु गर्न नराम्रा दिनहरुको सामना गर्नुपर्यो। अर्थात निर्माता र निर्देशकसँग रात बिताउनु पर्यो। उनीहरुको यौन इच्छा मेट्नुपर्यो।
केही अभिनेत्रीहरुले खुलेरै आफूले संघर्षका दिनमा निर्माता र निर्देशकहरुसँग सुतेको बताउदै आएका छन्। भलै उल्लेख गरिएका निर्माता तथा निर्देशकहरुले अदालत र मुद्दाको सामना गर्नुपर्यो।
१. कंगना रनौत
अभिनेत्री कंगनालाई नचिन्ने त सायदै होलान्। उनी स्थापित र सफल अभिनेत्री हुन्। तर उनको संघर्षका दिन पनि निकै कहालीलाग्दा छन्। उनले १७ वर्षको उमेरमा बलिउडमा करियर सुरु गरिन्। उनले संघर्षका दिनमा लामो समयसम्म विभिन्न निर्माता र निर्देशकहरुको ढोका ढक्ढक्याउनु परेको पनि बताउदै आएकी छन्। त्यसो त उनी एक स्पष्ट वक्ता पनि हुन्। उनी आफ्नो विचारलाई समाजिक सञ्जालमार्फत् प्रष्ट रुपमा राख्छिन्। उनले एक अन्तार्वार्तामा भनेकी थिइन्, 'मैले बलिउड प्रवेश गर्दा १७ वर्षको थिए। दुई वर्षसम्म मैले कहि कतैबाट सहयोग पाइनँ। र मलाई चलचित्र पाउनकै लागि १९ वर्षको उमेरमा एक निर्मातासँग रात बिताउन बाध्य पारियो।'
२. कल्कि कोचेलिन
अभिनेत्री कल्किलाई दर्शकहरुले नामबाट भन्दा पनि उनको अनुहारबाट धेरै चिन्ने गर्छन्। उनका दर्जनौ चलचित्रहरु सुपरहिट छन्। तर उनको बलिउडमा डेब्यु गर्दाका संघर्षका कथा पनि उस्तै दुखद् छन्। उनले आफै एक अन्तर्वार्तामा भनेकी छन्, 'मैले बलिउडमा डेब्यु गर्दा सजिलै चलचित्र पाइनँ। अडिसनहरुबाट पनि जानी जानी निकालियो। म बाध्य भएर निर्माताहरुसँग सुतें। तर पछि विस्तारै चलचित्र चल्न थालेपछि आफै नयाँ चलचित्रको अफर पाउन थालें। अनि त्यो काम छाडिदिएँ।'
३. ममत कुलकर्णी
दुई दशक अघिकी चर्चित अभिनेत्री हुन्, ममता। उतिबेला उनलाई बलिउडकै सबैभन्दा बोल्ड अभिनेत्री पनि भनिन्थ्यो। उनले पनि सन् २००७ मा दिएको एक अन्तर्वार्तामा भनेकी छन्, 'मैले आफ्नो करियर मोडलिङबाट सुरु गरें। ठूलो पर्दामा देखिनु मेरो सपनाजस्तै थियो र रहर पनि। मलाई ठूलो पर्दामा ल्याउन विभिन्न निर्माताहरुले सेक्सको बार्गेनिङ गरें। प्रसिद्ध निर्देशक राजकुमार सन्तोशीले पनि मलाई सँगै सुत्न बाध्य पारे।'
४. सुरवीना चावला
चलचित्र 'हेट स्टोरी-२' बाट सुरवीनाको उचाइ एकाएक चुलियो। त्यसअघि उनको नाम त परको कुरा अनुहार समेत दर्शकलाई याद थिएन। उनै सुरवीनाले पनि सन् २०१९ मा एक टेलिभिजन अन्तर्वार्तामा भनेकी छन्, 'बलिउड मैले सोचेको जस्तो पवित्र रहेनछ। यस क्षेत्रमा घृणा लाग्ने सोच भएका मान्छेहरुको राज रहेछ। चलचित्र खेल्ने मेरो सपनालाई केही निर्देशकहरुले सजिलो रुपमा प्रयोग गरे। मलाई सेक्सको ट्रयापमा पारे।'
५. पायल रोहतगी
पायलको घटनाले एक समय समाजिक सञ्जालमा निकै चर्चा पायो। उनले प्रख्यात निर्देशक दिबाकर बनर्जीले आफूलाई यौन दुर्व्यवाहर गरेको आरोप लगाएकी थिइन्। यो घटनाले भारतीय सञ्चार माध्यमहरुमा राम्रै चर्चा पाएको थियो। पायलले निर्देशक बनर्जीविरुद्ध भनेकी थिइन्, 'मलाई डिनर भनेको थाहा थिएन। मैले सोचेको थिए डिनरमा साँझको खाना खाइन्छ। तर निर्देशक दिबाकरको लागि डिनर भनेको सेक्स नाइट रहेछ।'
६. टिस्का चोपडा
मोडल तथा अभिनेत्री टिस्काले पनि आफूले संघर्षका दिनमा बाध्य भएर निर्माता र निर्देशकहरुसँग सुत्नु परेको तितो यथार्थलाई स्वीकार गर्दै आएकी छन्। उनले विभिन्न अन्तर्वार्तामा भनेकी छन्, 'बलिउडमा डेब्यु गर्दा गर्नु परेका संघर्षका दिनहरु म कहिल्यै सम्झन्न चाहन्नँ। ठूलो पर्दामा देखिन कयौ निर्माता र निर्देशकहरुको यौन इच्छा पुरा गरिदिनुपर्ने बाध्यता छ, बलिउडमा। मैले पनि त्यसै गरेकी हुँ।'