मेलम्ची बजार छाड्दै सोनामले भने– 'ज्यान बाँचे केही गरी खाउँला, अब गाउँ गएर बाँझो कोर्छु'

लोकान्तर

काठमाडौं

क्रवार दिउँसो सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित मेलम्ची बजार पुग्दा ३८ वर्षीय सोनाम लामा पत्नी र छोरालाई साथमा लिएर सामानहरूको पोकापन्तुरा बनाउँदै थिए ।

आँगनमै गाडी रोकिएको थियो । फर्निचरहरू छरपस्ट थिए । केही सामान गाडीमा लोड भइसकेको थियो । 

मेलम्ची बजार त्यही ठाउँ हो, जहाँ मंगलवार र बुधवार आएको भीषण बाढीले निकै ठूलो क्षति पुर्‍याएको थियो ।

मेलम्चीको पुरानो बजारमा एक तल्लासम्मका घरहरू पुरिएका थिए भने दोस्रो तल्लासम्म पनि बाढी पसेको थियो ।

त्रासको त्यो क्षण बितेको केही घण्टा मात्र भएको छ । अब सोनाम बजार छाडेर गाउँ फर्किने तयारीमा छन् ।​ 

सोनामको घर सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका वडा नम्बर २ नुर्बुली हो ।

उनी ५ वर्षअघि परिवारसहित बजार झरेका थिए ।

प्रकाशित मिति: : 2021-06-18 18:55:00

प्रतिकृया दिनुहोस्