नेकपा (माओवादी केन्द्र) को चन्द्रागिरी नगर कमिटीले कोभिड–१९ का सङ्क्रमितका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ।
‘रक्तदान जीवन दान’ भन्ने नारासहित आयोजित रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेको माओवादी केन्द्र, चन्द्रागिरिका सदस्य शशी गिरीले जानकारी दिइन्। रक्तदान गर्नेलाई पार्टीका केन्द्रीय सदस्य हितमान शाक्यले प्रमाणपत्र प्रदान गरेका थिए। रासस